युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिका छाड्न आदेश



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी भाेलाेदिमिर जेलेन्स्कीबीचको वार्ता असफल भएको छ । युक्रेनको बहमूल्य खनिज पदार्थबारे द्वपक्षीय वार्ता हुने बताइए पनि ह्वाइट हाउसमा भएको उनीहरुबीचको वार्ता चर्काचर्कीमा परिणत भएपछि उनलाई अमेरिका छाेड्न आदेश दिइएकाे बीबीसीले उल्लेख गरेकाे छ । उनीहरुबीच पत्रकार सम्मेलनका क्रममा भएकाे भनाभनको भिडियाे सार्वजनिक भएकाे छ । जहाँ ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन लागेको आरोप लगाएका छन् ।

ट्रम्पले आफू युक्रेनलाई सघाउन नसक्ने र युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए । जेलेन्स्की अमेरिकाले गरेको सहयोगप्रति आभारीसमेत नभएको ट्रम्पकाे दाबी छ । भेटमा ट्रम्पले यदि अमेरिकाले सैन्य सहयोग नगरेको भए जेलेन्स्की दुई हप्तामा पराजित हुने पनि बताए । भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युक्रेनकाे समस्या समाधानमा कूटनीतिक तवरले अमेरिका अघि बढ्न चाहेकाे र यसकाे सुरुवात याे वार्ता भएकाे बताएका थिए ।

भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेलेन्स्कीले शान्ति नचाहेको उल्लेख गरेका छन् । र उनले शान्तिको आवश्यकता परे अमेरिकालाई सम्झिन सक्ने पनि बाटो खुल्ला रहेकाे उल्लेख गरेका छन् । युक्रेन मुद्दालाई युक्रेनको र यूरोपको हातमाथि पारेर समाधान गर्न फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री केइर स्टार्मर पछि जेलेन्स्की वासिङटन पुगेका थिए । तर, उनीसग भनाभन भएपछि परिस्थिति फरक बनेको हो ।

बाइडेन सत्तामा भएको बेला अमेरिका र रुसको उच्चस्तरिय कुराकानी बन्द भएको थियो । तर ट्रम्प रास्ट्रपति भएपछि पुटिनसग ९० मिनेट फोन कुराकानी भएको थियो भने साउदी अरब र टर्कीमा दुई देशका उच्चस्तरिय वार्ता भएको थियो । यहि कारण जेलेन्स्की र यूरोपेली नेताहरु आफूलाई नराखि यूक्रेनी मुद्दामा पुटिनसग कुरा गरेको भन्दै बिच्किएका छन्।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...