सांसद एकनाथ ढकाल र माल्दिभ्सका सभामुखबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्रराष्ट्र माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गर्नुभएको छ। माल्दिभ्सको संसद भवनमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हित, संसदीय आदानप्रदान अभिवृद्धि तथा क्षेत्रीय सहकार्य लगायतका विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ। सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट शुभकामना व्यक्त गर्दै सार्क मुलुकका सभामुख र सांसदहरूबीचको संसदीय आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र माल्दिभ्सबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोगलाई थप सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। पूर्वमन्त्री समेत रहेका सांसद ढकाल माल्दिभ्सको दुई दिने मैत्रीपूर्ण भ्रमणमा हुनुहुन्छ। उहाँ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य हुनुहुन्छ। नेपाल र माल्दिभ्सबीच सन् १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...