परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन



हाम्रो इकोनोमि

 

 

 परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । राणाका सल्लाहकार एकराज पाठकले  दिएको जानकारी अनुसार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो । काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...