त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित



हाम्रो इकोनोमि

 

 

प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन इन्टरनेशनल विमानस्थल  सूचना अधिकारी तेज बहादुर पौडेलका अनुसार तीन वटा अन्तर्राष्ट्रिय जहाज ल्याण्ड हुन नसक्दा डाइभर्ट गरिएको छ ।

कतारको दोहाबाट आएको एयरवेज भारतको कोलकाता डाइभर्ट भएको छ । मलेसियाबाट आएको नेपाल एयरलाइन्स दिल्ली डाइभर्ट भएको छ भने चीनबाट आएको सिचुवान एयरलाइन्स ल्हासा डाइभर्ट भएको छ । त्यस्तै, भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडान पनि ठप्प भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...