४९ अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

 बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबारको दिन नेप्से उच्च अंकले बढेर बन्द भएको हो । आज नेप्से ४९.१५ अंकले बढेर २ हजार ८ सय १५ दशमलब ४ विन्दुमा पुगेको छ । कारोबार रकम पनि ११ अर्ब नाघेको छ । आज नेप्सेमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा १८६ कम्पनीको शेयरमूल्य बढ्दा ५२ को घटेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ७.१७ प्रतिशतले घटेको छ । हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ९६ करोड ४७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...