४९ अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

 बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबारको दिन नेप्से उच्च अंकले बढेर बन्द भएको हो । आज नेप्से ४९.१५ अंकले बढेर २ हजार ८ सय १५ दशमलब ४ विन्दुमा पुगेको छ । कारोबार रकम पनि ११ अर्ब नाघेको छ । आज नेप्सेमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा १८६ कम्पनीको शेयरमूल्य बढ्दा ५२ को घटेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ७.१७ प्रतिशतले घटेको छ । हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ९६ करोड ४७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...