मलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रीलाई छैन



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेर हैरानी पार्न खोजिएको भन्दै ऊर्जामन्त्री दीपक खड्काको नियतमाथि प्रश्न उठाएका छन् । मन्त्री खड्काले सोधेको स्पष्टिकरणको लिखित जवाफ दिँदै घिसिङले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएको आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् । उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा असन्तुष्टि जनाएका छन् ।

आफूमाथि जसरी पनि कारवाही गर्ने नियतले विदा स्वीकृतिलगायतका नियमित र अनिवार्य प्रशासनिक काममा समेत बाधा उत्पन्न गरेको स्पष्टीकरणमा उल्लेख गरेका छन् । पदबाट किन नहटाउने ? भनी सोधिएको दोस्रोपटकको स्पष्टीकरणको जवाफ कुलमानले ६ वटा बुँदामा दिएका छन् ।

‘म नेपाल सर‌कार मन्त्रीपरिषदको मिति २०७8।04।25 को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (1) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ। निवेदकलार्इ सेवाबाट हटाउने विषयमा स्पष्‍टिकरण सोध्‍ने र कारवाही गर्ने अधिकार कानून व्याख्‍या सम्बन्धी ऐन, 2010 को दफा 16, नेपाल सरकारको कार्य सञ्‍चालन नियमावली, २०64 को नियम 21 (अनुसूची -1 को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधासम्बन्धी विनियमावली, 2061 को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...