नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता: प्रसारण लाइन विस्तारले नयाँ गति लिने



हाम्रो इकोनोमि

 

 

नेपाल र भारतबीच ऊर्जा आदान-प्रदानलाई थप प्रभावकारी बनाउन विभिन्न प्रसारण लाइन विस्तार योजनाहरूलाई तीव्रता दिने तयारी भएको छ। हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर-मुजफ्फरपुर ४०० के.भी. भोल्टेजबाट बिजुली आयात-निर्यातको क्षमता ६०० मेगावाटबाट १००० मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ ।

त्यसैगरी, नेपाल-भारतबीचको झुलाघाट (नेपाल)–जौलजीबी (भारत) अन्तरदेशीय प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (DPR) आगामी मार्चसम्म तयार गर्ने र २०२७ सम्ममा आवश्यक निर्माण सम्पन्न गर्ने निर्णय भएको छ। १०० के.भी. भोल्टेजको अन्तरदेशीय प्रसारण लाइन इन्चुवा-न्यू पूर्णिया खण्डको निर्माण २०२८/२९ भित्र सम्पन्न गरिनेछ भने दोधारा-काँकडभिट्टा–बरेली प्रसारण लाइन २०२८/२९ सम्म सकिनेछ। यसैगरी, ढल्केबर–सितामढी ४०० के.भी. प्रसारण लाइन २०२९ सम्म सम्पन्न गर्ने योजना रहेको छ भने बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइन पनि सोही समयमा सम्पन्न गरिनेछ।

निजगढ (बारा, नेपाल)–मोतीहारी (भारत) ४०० के.भी. प्रसारण लाइन २०३२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने कोहलपुर–लखनउ ४०० के.भी. प्रसारण लाइन २०३४ सम्म बनाइसक्ने योजना रहेको छ। संयुक्त उपक्रममार्फत परियोजनाहरूको निर्माण नेपाल-भारत ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन कम संख्यामा ७८ को आयोजनालाई नयाँ मोडेलमा निर्माण गर्ने निर्णय गरिएको छ ।

नेपालतर्फको प्रसारण लाइनका लागि नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड बीच संयुक्त उपक्रम कम्पनी गठन गरिनेछ। भारततर्फको प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीच संयुक्त उपक्रम कम्पनी बनाइनेछ। नेपालमा बहुपक्षीय परियोजना निर्माण र व्यवस्थापनका लागि मन्त्रिस्तरीय बैठकमार्फत ठोस निर्णय गरिएको छ, जसले नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...