नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता: प्रसारण लाइन विस्तारले नयाँ गति लिने



हाम्रो इकोनोमि

 

 

नेपाल र भारतबीच ऊर्जा आदान-प्रदानलाई थप प्रभावकारी बनाउन विभिन्न प्रसारण लाइन विस्तार योजनाहरूलाई तीव्रता दिने तयारी भएको छ। हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर-मुजफ्फरपुर ४०० के.भी. भोल्टेजबाट बिजुली आयात-निर्यातको क्षमता ६०० मेगावाटबाट १००० मेगावाट पुर्याउने लक्ष्य राखिएको छ ।

त्यसैगरी, नेपाल-भारतबीचको झुलाघाट (नेपाल)–जौलजीबी (भारत) अन्तरदेशीय प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (DPR) आगामी मार्चसम्म तयार गर्ने र २०२७ सम्ममा आवश्यक निर्माण सम्पन्न गर्ने निर्णय भएको छ। १०० के.भी. भोल्टेजको अन्तरदेशीय प्रसारण लाइन इन्चुवा-न्यू पूर्णिया खण्डको निर्माण २०२८/२९ भित्र सम्पन्न गरिनेछ भने दोधारा-काँकडभिट्टा–बरेली प्रसारण लाइन २०२८/२९ सम्म सकिनेछ। यसैगरी, ढल्केबर–सितामढी ४०० के.भी. प्रसारण लाइन २०२९ सम्म सम्पन्न गर्ने योजना रहेको छ भने बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइन पनि सोही समयमा सम्पन्न गरिनेछ।

निजगढ (बारा, नेपाल)–मोतीहारी (भारत) ४०० के.भी. प्रसारण लाइन २०३२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने कोहलपुर–लखनउ ४०० के.भी. प्रसारण लाइन २०३४ सम्म बनाइसक्ने योजना रहेको छ। संयुक्त उपक्रममार्फत परियोजनाहरूको निर्माण नेपाल-भारत ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन कम संख्यामा ७८ को आयोजनालाई नयाँ मोडेलमा निर्माण गर्ने निर्णय गरिएको छ ।

नेपालतर्फको प्रसारण लाइनका लागि नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड बीच संयुक्त उपक्रम कम्पनी गठन गरिनेछ। भारततर्फको प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीच संयुक्त उपक्रम कम्पनी बनाइनेछ। नेपालमा बहुपक्षीय परियोजना निर्माण र व्यवस्थापनका लागि मन्त्रिस्तरीय बैठकमार्फत ठोस निर्णय गरिएको छ, जसले नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...