एआईका कारण सिंगापुरको एक बैंकमा ४ हजार जनाको जागिर खोसिँदै



हाम्रो इकोनोमि

 

 

 मान्छेको काम एआईले गर्न थालेसँगै सिंगापुरको एक बैंकले चार हजार जागिर कटौती गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिंगापुरको सबैभन्दा ठूलो बैंक डीबीएसले आगामी तीन वर्षमा यत्ति जागिर कटौती गर्ने बताएको छ । डीबीएसका अवकासउन्मुख प्रमुख पियुष गुप्ताका अनुसार चार हजार जनाको जागिर कटौती भएता पनि एआईमा जोडिने नयाँ एक हजार जागिर जोडिने बताएका छन् । एआईले मान्छेको जागिर कसरी खोस्छ भनेर पहिलोपटक सार्वजनिक गर्ने एक प्रमुख बैंकको रुपमा डीबीएसलाई लिइएको छ ।

यद्यपि, एआईले बैंकका स्थायी कर्मचारीहरुलाई भने विस्थापन नगर्ने बताइएको छ । सन २०२४ मा आएको अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार एआईले विश्वका ४० प्रतिशत जागिर धरापमा पार्नेछ । चालिस प्रतिशत अर्थात् हरेक एक सयमा चालिसको जागिर जाने कुरालाई धेरैले गम्भिर रुपमा लिएर चर्चा र चिन्ता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...