एआईका कारण सिंगापुरको एक बैंकमा ४ हजार जनाको जागिर खोसिँदै



हाम्रो इकोनोमि

 

 

 मान्छेको काम एआईले गर्न थालेसँगै सिंगापुरको एक बैंकले चार हजार जागिर कटौती गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिंगापुरको सबैभन्दा ठूलो बैंक डीबीएसले आगामी तीन वर्षमा यत्ति जागिर कटौती गर्ने बताएको छ । डीबीएसका अवकासउन्मुख प्रमुख पियुष गुप्ताका अनुसार चार हजार जनाको जागिर कटौती भएता पनि एआईमा जोडिने नयाँ एक हजार जागिर जोडिने बताएका छन् । एआईले मान्छेको जागिर कसरी खोस्छ भनेर पहिलोपटक सार्वजनिक गर्ने एक प्रमुख बैंकको रुपमा डीबीएसलाई लिइएको छ ।

यद्यपि, एआईले बैंकका स्थायी कर्मचारीहरुलाई भने विस्थापन नगर्ने बताइएको छ । सन २०२४ मा आएको अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार एआईले विश्वका ४० प्रतिशत जागिर धरापमा पार्नेछ । चालिस प्रतिशत अर्थात् हरेक एक सयमा चालिसको जागिर जाने कुरालाई धेरैले गम्भिर रुपमा लिएर चर्चा र चिन्ता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...