ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम गरियो



हाम्रो इकोनोमि

 

 

पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) शनिबार राती मृत भेटिएकी छिन् । सशस्त्र प्रहरी बलमाकार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषीमहत मृत अवस्थामा भेटिएकी हुन् । शनिबार राति ९ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको सशस्त्रप्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए । उनले भने,‘उनको शवको पोष्टमार्टम भएको छ । शव अस्पतालमै छ । शसस्त्र आन्तरिक छानविन समितिले काम गरिरहेको छ, घट्नाबारे अहिले केही भन्न सक्ने अवस्था छैन् ।’

यसैबीच, मृतकका परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याामबाबु ओलियाले जाहेरी आएको पुष्टि गरे । अब दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान गर्ने तयारी प्रहरीको छ । महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएका छन् । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जोहरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...