नेकपा एस अनेरास्ववियू खनाल-नेपाल गुटको अलग-अलग भेला



हाम्रो इकोनोमि

 

 

नेकपा एससम्बद्ध अनेरास्ववियूले सोमबार काठमाडौँमा अलग अलग भेलाको आयोजना गरेका छन् ।आरती लामा समूह समानान्तर कमिटी घोषणासम्मको तयारीमा छ । यद्यपी कमिटी घोषणा गर्ने कि नगर्ने भन्ने कुरा पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनपछि मात्रै टुङ्गो लाग्ने उक्त समूहका नेता नरेश न्यौपानेले बताए । आरती समूहले ‘उपत्यका प्रदेशस्तरीय भेला’ को नाममा कार्यक्रम गर्ने भएको छ । उपत्यका प्रदेश अध्यक्ष प्रदीप थापा उक्त पक्षमा भएको कारण सोही भेला आधिकारिक हुने न्यौपानेको दाबी छ । उनका अनुसार पार्टीले सम्मानित नेता झलनाथ खनालद्धारा प्रस्तुत सुझावअनुसार कुनै निर्णय सार्वजनिक भए कमिटी घोषणा कार्यक्रम रोकिनेछ । ‘६ वटा प्रदेशका अध्यक्षहरू काठमाडौँ आउँदै हुनुहुन्छ, उहाँहरूसँग सरसल्लाह गरेर अगाडी बढ्छौ’ उनले भने । आरती पक्षले अर्को पक्षसँग मिलनविन्दूका रुपमा महासचिव पदको दाबी गरेको छ । तर, माधव नेपाल पक्षले कास्कीका राजन शर्मा पराजुलीलाई महासचिव घोषणा गरिसकेको छ । महेश श्रेष्ठ अध्यक्ष रहेको माधव नेपाल पक्षीय समूहले दिउँसो १ बजे  प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा उपत्यका भेलाको आयोजना गर्दै छ ।

आरती लामा नेतृत्वको झलनाथ खनाल पक्षीय समूहले ललितपुर बालकुमारीस्थित क्याफफोर्ड कलेजमा बिहानैदेखि आफूपक्षीय नेता,कार्यकर्तालाई जम्मा पार्दै छ । त्यहाँ भोली क्याम्पस कमिटी गठनको कार्यक्रम पनि छ  । माधव नेपाल पक्षीय कमिटीले आज १२ गतेका लागि काठमाडौँमा केन्द्रीय कमिटी बैठकको आयोजना गर्ने कार्यक्रम रद्द भएको छ । अध्यक्ष महेश श्रेष्ठका अनुसार स्ववियु निर्वाचनको तयारीका निम्ति आज उपत्यका भेला मात्रै गर्न लागिएको हो । ‘अब स्ववियु चुनाव आयो,हाम्रो पुरै ध्यान त्यसतर्फ केन्द्रित छु’ श्रेष्ठले भने । आरती लामा पक्षले पार्टीको पत्रकार सम्मेलनपछि शंखमुलस्थित ए वन पार्टी प्यालेसमा कार्यक्रम गर्ने गरी हल बुक गरिसकेको नेता न्यौपानेले बताए । ‘हामीसँग कमिटी घोषणा गर्ने पुरानै ब्यानर छ, सम्मानित नेताको आग्रहमा यसअघिको कार्यक्रममा त्यो ब्यानर नटाँसिएको हो’ न्यौपानेले भने । दुई समूहमध्ये आरती पक्ष बलियो रहेको न्यौपानेको दाबी छ । महेश समूहले भेला आयोजना गर्न लागेको रत्न राज्यलक्ष्मी क्याम्पसमै सङ्गठनको कमिटी छैन । कमिटी भएका ल क्याम्प र वाल्मीकि क्याम्पस कमिटी आरती पक्षमा खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...