पूर्वराजाको हैसियत पनि गुम्ला : वामदेव



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभा सदस्य वामदेव गौतमले दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको टिप्पणी गरे । राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन सुझाव दिँदै उनले नेताहरूले देशको विकास गरेनन् भन्ने शाहको टिप्पणीको विरोध गरे ।

शाहलाई ८४ को चुनावबाट निर्वाचित भई संसदबाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाउन गौतमले चुनौती दिए । तर, फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने उनको चेतावनी थियो । ज्ञानेन्द्रलाई सबैले राजा स्वीकारे पनि जनतालाई रैती बनाएर शासन गर्न खोजेपछि जनताले हटाएको उनको भनाइ थियो । गौतमले मुलुकको अवस्थाका बारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...