पूर्वराजाको हैसियत पनि गुम्ला : वामदेव



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभा सदस्य वामदेव गौतमले दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको टिप्पणी गरे । राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन सुझाव दिँदै उनले नेताहरूले देशको विकास गरेनन् भन्ने शाहको टिप्पणीको विरोध गरे ।

शाहलाई ८४ को चुनावबाट निर्वाचित भई संसदबाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाउन गौतमले चुनौती दिए । तर, फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने उनको चेतावनी थियो । ज्ञानेन्द्रलाई सबैले राजा स्वीकारे पनि जनतालाई रैती बनाएर शासन गर्न खोजेपछि जनताले हटाएको उनको भनाइ थियो । गौतमले मुलुकको अवस्थाका बारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...