पाथीभरामा कानूनअनुसार नै केबलकार बनाउने अनुमति दिएको हो : योगेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा भइरहेका गतिविधिबारे ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताएका छन् ।

‘नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै काम अगाडि बढाएको हो’, सांसद भट्टराईको भनाइ छ । उनले भने, ‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर, सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनु पर्छ ।

विकासका विरोधी कोही पनि नभएको भन्दै उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन थाल्यो भने विवाद निम्त्याउने बताए । भट्टराईको भनाइ थियो, ‘हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो ।’ शनिबार राति केबलकारविरोधी समूहको मसाल जुलुसको कारण स्थिति तनावग्रस्त बनेकोमा प्रहरीले संयम अपनाउँदा थप नोक्सान हुनबाट जोगिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...