प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’को लोकार्पण गरिएको छ ।शनिबार एक विशेष समारोहकाबीच पुस्तक लोकार्पण गरिएको हो । एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले पुस्तक लोकार्पण गरेका हुन् ।

पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित पुस्तकको लोकार्पण समारोहमा मन्त्रीहरु एवंम उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन् । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा नेकपा (एमाले)का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख छ ।

सोही पुस्तक लोकार्पण गर्दै प्रथम महिला शाक्यले गरिब दुखीहरुका विषयहरु पुस्तकमा समेटिएको बताइन् । उनले सानैदेखि बालापन, बिहेसम्मका कुराहरु यो पुस्तका समेटिएको बताइन् । प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहको हलमा पुस्तक लोकार्पण गरिएको हो ।

‘न म साहित्यकार, न लेखिका हुँ । त्यहि पनि मनमा लागेका आफ्ना विचारहरु कहिलेकाही लेख्ने गर्थे । त्यही सङ्ग्रलाई आज पुस्तकका रुपमा ल्याएको छु”, शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँग को विवाह पनि त्यहिँ करुणाले गरेँ ।’ प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । त्यसवसरमा पाणिनी बुक्स प्रालिद्वारा अभिनन्दन पत्र समेत हस्तान्तरण गरिएको थियो ।

 

 

शाक्यले भनिन्, ‘म सानैदेखि गरिब दुखीहरुलाई देख्न नसक्ने खालको मान्छे थिएँ यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो । यसमा बालापनसँगै बिहेसम्मका कुराहरु समेटिएका छन् । मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरु गरिरहेको छु ।’ साथै, उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुखेसो व्यक्त गरिन् । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहनतले घर बनाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...