राजतन्त्र ल्याएरै छाडने राजेन्द्र लिङदेनको घोषणा



हाम्रो इकोनोमि

 

 

पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा निस्किएको छ । आज पोखरामा राप्रपाले राजसंस्था पुन:स्थापनको मागसहित विशाल र्‍याली आयोजना गर्‍यो । राप्रपाको आजको विरोधसभा पूर्वनिर्धारित नै थियो । तर, पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा गरेको सम्बोधनपछि यो आमसभाको महत्व र सान्दर्भिकता बढेको नेताहरूले बताएका छन् । राजाले खोजेको साथ दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ ।

आमसभापूर्व अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गरेको विशाल र्‍यालीले नगरपरिक्रमा गरेको थियो । र्‍यालीमा पार्टीका हस्ती नेताहरूको सहभागीता रह्यो । र्‍यालीका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले राप्रपा अब सडकमा आएको र नयाँ चरणको आन्दोलनको सुरूवात भएको उद्घोष गरे ।

उनले भने, ‘यो भर्खरै सुरुवात भएको छ । कास्टिङ मात्र हो । अब हामी निर्णायक संघर्षमा होमियौं । राजाको आह्वानलाई मजबुत बनाएर लैजाने निर्णय पार्टीले निर्णय गरेको उनले उल्लेख गरे । ‘राजाको आह्वानले हामीलाई अझ उत्साह प्रदान गरेको छ । सरकारलाई साथ दिएर जाने निर्णय गरेका छौं । यो कार्यक्रमले राजाको आह्वानलाई मुर्तरुप दिन बाटो खुला गर्छ । आन्दोलन प्रारम्भ भयो,’ उनले थपे ।राजाको आह्वानपछि बल प्राप्त भएको उनले बताए । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अवस्था र व्यवस्था परिवर्तनको सुरूवात भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...