किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए



हाम्रो इकोनोमि

 

 

भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् । किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन् ।

उनले फर्किएका मध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको बताए । केहि विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाई छ । फर्किएका विद्यार्थीहरूको विवरण सीमामा खटेका सुरक्षाकर्मीले राखेका छन् । उनीहरू आफ्नो सरसामान र किताब कापी लिएर पनि फर्किन नपाएका गुनासो गरेका छन् । निमित्त प्रजिअ गौतमले भन्छन्, ‘फर्किनेमध्ये अधिकांश विद्यार्थीले सुरक्षाकर्मीसँग वि वान्ट जस्टिस (हामीलाई न्याय चाहियो) बताएका छन् । कतिपयले परीक्षा सारिदिए हुन्थ्यो भनेका छन्  ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...