किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए



हाम्रो इकोनोमि

 

 

भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् । किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन् ।

उनले फर्किएका मध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको बताए । केहि विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाई छ । फर्किएका विद्यार्थीहरूको विवरण सीमामा खटेका सुरक्षाकर्मीले राखेका छन् । उनीहरू आफ्नो सरसामान र किताब कापी लिएर पनि फर्किन नपाएका गुनासो गरेका छन् । निमित्त प्रजिअ गौतमले भन्छन्, ‘फर्किनेमध्ये अधिकांश विद्यार्थीले सुरक्षाकर्मीसँग वि वान्ट जस्टिस (हामीलाई न्याय चाहियो) बताएका छन् । कतिपयले परीक्षा सारिदिए हुन्थ्यो भनेका छन्  ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...