भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढाएको बताएका छन् । टुँडिखेलमा प्रजातन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री ओलीले हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेको उल्लेख गरे । उनले आजको दिन यातनादायी र कहालीलाग्दो क्षणको स्मरणसमेत गरेका छन् । भावी पुस्ताले आजको दिनलाई बिर्सन नमिल्ने पनि बताए ।

ओलीले भने, ‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता- अनुभव होइन, कथामात्र हो ! तसर्थ, हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो ! नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा चैत २६, वैशाख ११, जेठ १५, र असोज ३ ले विशेष महत्व राख्ने बताउँदै प्रधानमन्त्री ओलीले ती सबै दिनभन्दा युगान्तकारी महत्व फागुन ७ ले राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...