भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढाएको बताएका छन् । टुँडिखेलमा प्रजातन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री ओलीले हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेको उल्लेख गरे । उनले आजको दिन यातनादायी र कहालीलाग्दो क्षणको स्मरणसमेत गरेका छन् । भावी पुस्ताले आजको दिनलाई बिर्सन नमिल्ने पनि बताए ।

ओलीले भने, ‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता- अनुभव होइन, कथामात्र हो ! तसर्थ, हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो ! नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा चैत २६, वैशाख ११, जेठ १५, र असोज ३ ले विशेष महत्व राख्ने बताउँदै प्रधानमन्त्री ओलीले ती सबै दिनभन्दा युगान्तकारी महत्व फागुन ७ ले राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...