एमाले र माओवादी एक दिन नेकपा एसमै आउनेछन् : घनश्याम भुसाल



हाम्रो इकोनोमि

 

 

 

 नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालको गणतन्त्र अब यसैगरी धेरै समय नचल्ने दाबी गरेका छन् । समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव भुसालले देशमा केही न केही हुने निश्चित रहेको बताए ।

भुसालले भने, ‘आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक हुँदै जानेछ । यी दुवै कुरा समाधान होइनन् । कमरेडहरू ! यतिकै यो गणतन्त्र चल्दैन, चल्दैन र चल्दैन । केही न केही हुनेवाला छ । आजको व्यवस्थापनले यो गणतन्त्र थाम्दैन, कि क्रान्तिकारी हस्तक्षेपले ठिक बाटो लिन्छ कि यो मुलुकका नागरिकले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ । त्यसैले अब हामीले हस्तक्षेप गर्ने बेला आयो ।’

महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भए पनि एमाले र माओवादीबाट सम्भव नभएकाले नेकपा एसको भूमिका निर्णायक रहेको दाबी गरे । उनले नेकपा एसले लिएको बाटोमा माओवादी र एमाले आउनैपर्ने भन्दै उनीहरू घमण्ड र हिनताबोधले नेकपा एसमा नआए पनि अन्तिममा आउनैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...