अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति बर्न अस्पतालमा



हाम्रो इकोनोमि

 

 

पोखरा भ्रमण वर्ष २०२५ को उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । राष्ट्रपति पौडेल केहीबेरअघि अस्पताल आइपुगेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार पोखरामा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किँदा आगोको लप्काले जलेर अर्थमन्त्री पौडेर र मेयर आचार्य घाइते भएका थिए । दुवैजनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो । दुवैजनाको सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...