अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति बर्न अस्पतालमा



हाम्रो इकोनोमि

 

 

पोखरा भ्रमण वर्ष २०२५ को उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । राष्ट्रपति पौडेल केहीबेरअघि अस्पताल आइपुगेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार पोखरामा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किँदा आगोको लप्काले जलेर अर्थमन्त्री पौडेर र मेयर आचार्य घाइते भएका थिए । दुवैजनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो । दुवैजनाको सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...