त्रिशूलीमा खसेका मोटरसाइकल चालक बेपत्ता



हाम्रो इकोनोमि

 

त्रिशूली नदीमा खसेका युवकको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित नं. ३ पुलमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा खसेका मोटरसाइकल चालकको खोजी गर्न गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ आउँदै थियो। बिहान करिब ११ः४० बजे दुर्घटना भएको थियो।  दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको हो।  दुर्घटनास्थलबाट प्रहरीले भारतीय सेनाको कार्ड र नागरिकता फेला पारेको छ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...