त्रिशूलीमा खसेका मोटरसाइकल चालक बेपत्ता



हाम्रो इकोनोमि

 

त्रिशूली नदीमा खसेका युवकको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित नं. ३ पुलमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा खसेका मोटरसाइकल चालकको खोजी गर्न गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ आउँदै थियो। बिहान करिब ११ः४० बजे दुर्घटना भएको थियो।  दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको हो।  दुर्घटनास्थलबाट प्रहरीले भारतीय सेनाको कार्ड र नागरिकता फेला पारेको छ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...