अध्यादेश पारित हुनेमा प्रधानमन्त्री ढुक्क



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा गएका जिल्ला इन्चार्जहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन् । एमालेका नेताहरूले मध्यराति साढे १ बजे प्रधानमन्त्रीसँग भेट गर्न पाएका थिए । भेटमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरु आनन्द पोखरेल,पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीलगायत थिए ।

पार्टीको गतिविधिहरूबारेमा जानकारी गराएपछि एक नेताले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुनेबारे जिज्ञासा राखेका थिए । जवाफमा ओलीले ‘केपी ओली भइन्जेल केही हुन्न,बेला आएपछि अध्यादेश टेबल हुन्छ र दुवै सदनबाट पारित हुन्छ’ भनेको एक नेताले  बताए । उनका अनुसार प्रधानमन्त्री ढुक्क देखिन्थे । जसपा र लोसपाले राष्ट्रिय सभामा साथ नदिए अर्को नयाँ राजनीतिक घटनाक्रम वा जुगाडको संकेत प्रधानमन्त्रीले गरेको ती नेताले बताए । यसबीचमा राजनीतिक दल सम्बन्धी अध्यादेश निष्क्रिय भएर सदनमा प्रतिस्थापन नभएका कारण विधेयक आउने सम्भावना समेत देखिएको उनले बताए ।

मधेशवादी दलहरू भूराजनीतिक दबाबमा परेको विश्लेषण भइरहेका बेला अर्को जुगाड के हुने भन्ने चाहिँ प्रष्ट छैन । भूराजनीतिक दबाबकै कारण सीके राउत र रेशम चौधरीले पनि अध्यादेश अस्वीकार गर्दै विज्ञप्ति निकाल्ने तयारी छ । लोसपाले अध्यादेशको विरोध गरेर सरकार नै छाड्नुपर्ने अवस्था आउन सक्ने भन्नु नै भूराजनीतिक चलखेलको नांगो प्रमाण भएको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...