अध्यादेश पारित हुनेमा प्रधानमन्त्री ढुक्क



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा गएका जिल्ला इन्चार्जहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन् । एमालेका नेताहरूले मध्यराति साढे १ बजे प्रधानमन्त्रीसँग भेट गर्न पाएका थिए । भेटमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरु आनन्द पोखरेल,पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीलगायत थिए ।

पार्टीको गतिविधिहरूबारेमा जानकारी गराएपछि एक नेताले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुनेबारे जिज्ञासा राखेका थिए । जवाफमा ओलीले ‘केपी ओली भइन्जेल केही हुन्न,बेला आएपछि अध्यादेश टेबल हुन्छ र दुवै सदनबाट पारित हुन्छ’ भनेको एक नेताले  बताए । उनका अनुसार प्रधानमन्त्री ढुक्क देखिन्थे । जसपा र लोसपाले राष्ट्रिय सभामा साथ नदिए अर्को नयाँ राजनीतिक घटनाक्रम वा जुगाडको संकेत प्रधानमन्त्रीले गरेको ती नेताले बताए । यसबीचमा राजनीतिक दल सम्बन्धी अध्यादेश निष्क्रिय भएर सदनमा प्रतिस्थापन नभएका कारण विधेयक आउने सम्भावना समेत देखिएको उनले बताए ।

मधेशवादी दलहरू भूराजनीतिक दबाबमा परेको विश्लेषण भइरहेका बेला अर्को जुगाड के हुने भन्ने चाहिँ प्रष्ट छैन । भूराजनीतिक दबाबकै कारण सीके राउत र रेशम चौधरीले पनि अध्यादेश अस्वीकार गर्दै विज्ञप्ति निकाल्ने तयारी छ । लोसपाले अध्यादेशको विरोध गरेर सरकार नै छाड्नुपर्ने अवस्था आउन सक्ने भन्नु नै भूराजनीतिक चलखेलको नांगो प्रमाण भएको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...