बुढानीलकण्ठ नगरपालिकाले फागुन २ र ३ गते चौथो रोजगारी मेला आयोजना गर्ने



हाम्रो इकोनोमि

 

 

 

 

बुढानीलकण्ठ नगरपालिकाले विगत चार वर्षदेखि निरन्तर आयोजना गर्दै आएको रोजगारी तथा वृत्ति मेला अन्य स्थानीय तहहरूका लागि प्रेरणाको स्रोत बन्दै गएको छ । नगर उपप्रमुख अनिता लामाका अनुसार, काठमाडौँ महानगरपालिकाले समेत बुढानीलकण्ठ नगरपालिकाबाट सिकेर यस्ता कार्यक्रम अघि बढाएको छ । २०७८ सालदेखि शृङ्खलाबद्ध रूपमा वृत्ति मेला आयोजना गर्दै आएको बुढानीलकण्ठ नगरपालिकाले यही फागुन २ र ३ गते चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न लागेको छ । “शिक्षा, सिप र उद्यमशीलता; रोजगारी हाम्रो प्राथमिकता” भन्ने नारासहित आयोजना हुन लागेको मेलाले विशेष रूपमा युवा रोजगारीलाई प्राथमिकता दिएको छ ।

यसअघि सम्पन्न तीनवटा वृत्ति मेलामा रोजगारीका अवसर तथा वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो। नगरपालिकाले बेरोजगार युवाहरूको तथ्याङ्क संकलन गर्दै, उनीहरूका लागि आवश्यक रोजगारमूलक तालिमहरूको माग लिएको थियो । मागका आधारमा २० जनालाई सिनियर १० महिने प्लम्बिङ, ६० जनालाई कुकिङ, र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ ।त्यस्तै, नगर क्षेत्रका १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ । रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको छ भने शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक स्थापना गरिएको छ।

नगरपालिकाका अनुसार, यसअघि सम्पन्न तीनवटा वृत्ति तथा रोजगार मेलाले विद्यार्थी, युवा तथा गृहिणी महिलाहरूको आकर्षणको केन्द्र बन्न सफल भएको थियो। यसवर्षको मेलाले झनै प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...