पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना



 

 

काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बताए । बा २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेका बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४०/५० जना सवार भएको बताइए पनि यकिन हुन बाँकी नै रहेको एसपी बोहोराले बताए । अहिले उद्धारको काम भइरहेको छ । दुर्घटनामा केही व्यक्ति मृत्यु भएको हुनसक्ने आशंका छ । अहिले उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीको भनाइ छ । घुम्तीमा नमोडीकन बस सोझै कान्लाबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १३ : ००  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या