पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना



हाम्रो इकोनोमि

 

 

काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बताए । बा २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेका बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४०/५० जना सवार भएको बताइए पनि यकिन हुन बाँकी नै रहेको एसपी बोहोराले बताए । अहिले उद्धारको काम भइरहेको छ । दुर्घटनामा केही व्यक्ति मृत्यु भएको हुनसक्ने आशंका छ । अहिले उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीको भनाइ छ । घुम्तीमा नमोडीकन बस सोझै कान्लाबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...