राष्ट्रिय युवा संघले तोक्यो प्रदेश इन्चार्ज



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख अन्तिममा गर्ने भएको छ । युवा संघका महासचिव सुमन पुरीले बुधवार मातहतका जिल्ला कमिटीलाई सर्कुलर पठाउँदै महाधिवेशनबारे जानकारी गराएका हुन् ।

सर्कुलरमा भनिएको छ, ‘नेकपा (एमाले) लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार चल्ने पार्टी हो । सोही हाम्रो सङ्गठनको विधान अनुसार प्रत्येक दुई वर्षमा अधिवेशन गर्नुपर्ने हुन्छ । सङ्गठनको ९औँ महाधिवेशन २०७९ साल चैत्र २७ गतेदेखि ३० गतेसम्म नेपालगञ्जमा सम्पन्न भएको थियो । तसर्थ: सङ्गठनको १० औँ महाधिवेशन आगामी २०७२ साल बैशाख मसान्तभित्रमा हुने छ ।

उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफलीभूत बनाउन राजनीतिक स्थिरता पहिलो सर्त भएकाले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने अभियानमा लाग्न पनि निर्देशन दिएका छन् ।

युवा संघले कोशीमा निरोज पौडेल, मधेशमा मोविन आलम, बागमतीमा महेश चौलागाईं, गण्डकीमा पर्वत भण्डारी, कर्णालीमा शारदा पछाई, सुदूरपश्चिम प्रदेशमा विनय शाह र विशेष प्रदेश कमिटी बलराम बेल्वासेलाई इन्चार्ज तोकेको छ भने विभिन्न ३५ विभागको विभागीय जिम्मेवारीसमेत हेरफेर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...