राष्ट्रिय युवा संघले तोक्यो प्रदेश इन्चार्ज



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख अन्तिममा गर्ने भएको छ । युवा संघका महासचिव सुमन पुरीले बुधवार मातहतका जिल्ला कमिटीलाई सर्कुलर पठाउँदै महाधिवेशनबारे जानकारी गराएका हुन् ।

सर्कुलरमा भनिएको छ, ‘नेकपा (एमाले) लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार चल्ने पार्टी हो । सोही हाम्रो सङ्गठनको विधान अनुसार प्रत्येक दुई वर्षमा अधिवेशन गर्नुपर्ने हुन्छ । सङ्गठनको ९औँ महाधिवेशन २०७९ साल चैत्र २७ गतेदेखि ३० गतेसम्म नेपालगञ्जमा सम्पन्न भएको थियो । तसर्थ: सङ्गठनको १० औँ महाधिवेशन आगामी २०७२ साल बैशाख मसान्तभित्रमा हुने छ ।

उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफलीभूत बनाउन राजनीतिक स्थिरता पहिलो सर्त भएकाले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने अभियानमा लाग्न पनि निर्देशन दिएका छन् ।

युवा संघले कोशीमा निरोज पौडेल, मधेशमा मोविन आलम, बागमतीमा महेश चौलागाईं, गण्डकीमा पर्वत भण्डारी, कर्णालीमा शारदा पछाई, सुदूरपश्चिम प्रदेशमा विनय शाह र विशेष प्रदेश कमिटी बलराम बेल्वासेलाई इन्चार्ज तोकेको छ भने विभिन्न ३५ विभागको विभागीय जिम्मेवारीसमेत हेरफेर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...