माधव र विप्लवसँग पार्टी एकता गर्ने प्रचण्डको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको विषयमा छलफल चलिरहेको बताएका छन् । सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै पार्टी एकताको आधार तयार गर्नको लागि समाजवादी मोर्चाबाट सहकार्य गरेको बताए । उनले सरकारले देश जनताका पक्षमा काम गर्न नबनेको भन्दै भ्रष्टहरूलाई बचाउन केन्द्रित भएको बताए ।

उनले भने, ‘अहिले सरकार भ्रष्टहरूलाई जोगाउन केन्द्रित छ । त्यसैले सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा गएर अड्किएका छन् । पारित हुने अवस्था छैन। दुई तिहाइको अहंकारलाई धक्का खाएको छ। माओवादीले कुनै हालतमा अध्यादेश पास गर्न सघाउँदैन। अब जसपा नेपालको निर्णयले भर पर्छ । उनले सरकार अपारदर्शी र भ्रष्टाचारमा केन्द्रित भइरहे गलत कामलाई हेरेर नबस्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...