कांग्रेससँग प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आवश्यकताका कारण प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेससँग मिल्नुपरेको प्रस्टीकरण दिएका छन् । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले सोमबार आयोजना गरेको वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले विगतमा पनि आवश्यकताअनुसार ठूला पार्टीहरु मिल्ने र प्रतिस्पर्धा गर्ने गरेको उदाहरण दिए । ‘हामीलाई कांग्रेससँग प्रतिस्पर्धा गर्ने पो हो किन मिलेको भनेर प्रश्न गर्नेहरु छन्,’ उनले भने, ‘ठूला पार्टीहरु खास अवस्थामा मिलेका पनि छन् र स्वस्थ प्रतिस्पर्धा पनि गरेका छन् ।

मुलुकमा समस्या आउँछ मिल्छन्, जुन विगतदेखि नै हुँदै आएको छ । प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’ वि.सं. २००७ सालमा पनि पार्टीहरु मिलेको उनले बताए । त्यस्तै, २०१७ सालमा, २०४६ सालमा, २०६२ सालमा र संविधान जारी गर्दा पनि पार्टीहरु मिलेको पोखरेलको तर्क छ । ‘आज पनि अराजकता मौलाउने, राष्ट्रियता खतरामा पर्ने, राष्ट्रविरोधीहरु सल्बलाउँदा र विदेशी हस्तक्षेप बढ्दा हामी मिल्नुपर्ने अवस्था आएको हो,’ उनले भने ।

आगामी चुनावमा राष्ट्रियता बलियो बनाउन र जनताको हितमा काम गराउन पनि नेकपा एमालेलाई जिताउन जरुरी रहेको उनले बताए । म्याजिक नम्बरवालालाई साइजमा राख्न एमाले बलियो र शक्तिशाली हुन जरुरी रहेको दाबी उनले गरे । ‘दुई ठूला जनसंख्या भएका शक्तिशाली मुलुकको बीचमा रहेर आफ्नो देशको विकास गर्दै अगाडि बढ्न पनि एमाले राष्ट्रिय र निर्णायक शक्ति बन्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने । नेपालमा भएको परिवर्तन यहाँको मौलिक परिवर्तन भएको र चीन, रुस तथा अरु देशको भन्दा फरक भएको उनको तर्क छ । कार्यक्रमलाई संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज हरि उप्रेतीलगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...