नेपाललाई कुनै विद्रोह आवश्यक छैन, एमालेले संविधान खारेज गर्दैन : योगेश



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली संविधान खारेज गर्ने पक्षमा रहेको अभिव्यक्तिको नेकपा एमालेका सचिव योगेश भट्टराईले जवाफ फर्काएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संविधान बनाउने पार्टी भएकाले सुदृढ गर्ने पक्षमा रहेको बताए । सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका थिए ।

त्यसको जवाफ दिँदै भट्टराईले भने, ‘एमाले र कांग्रेस संविधान खारेज वा च्यात्ने नभई संरक्षण पर्ने पक्षमा छन् । हामी सबै दलको समर्थन जुटाएर २०८४ को निर्वाचनअघि नै संशोधन गर्छौँ । अहिले आन्तरिक गृहकार्य सुरु भइसकेको छ । एमाले सचिवसमेत रहेका सांसद भट्टराईले नेपालमा अब कुनै विद्रोह नचाहिने पनि बताए । उनले भने, ‘नेपालका अब कुनै विद्रोह आवश्यक छैन । अब क्रान्ति गर्छु, विद्रोह गर्छु, आन्दोलनमा जान्छु भन्ने कुरा इमोशनल ब्ल्याकमेलिङ हो, त्यसको कुनै अर्थ छैन ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...