नेपाललाई कुनै विद्रोह आवश्यक छैन, एमालेले संविधान खारेज गर्दैन : योगेश



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली संविधान खारेज गर्ने पक्षमा रहेको अभिव्यक्तिको नेकपा एमालेका सचिव योगेश भट्टराईले जवाफ फर्काएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संविधान बनाउने पार्टी भएकाले सुदृढ गर्ने पक्षमा रहेको बताए । सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका थिए ।

त्यसको जवाफ दिँदै भट्टराईले भने, ‘एमाले र कांग्रेस संविधान खारेज वा च्यात्ने नभई संरक्षण पर्ने पक्षमा छन् । हामी सबै दलको समर्थन जुटाएर २०८४ को निर्वाचनअघि नै संशोधन गर्छौँ । अहिले आन्तरिक गृहकार्य सुरु भइसकेको छ । एमाले सचिवसमेत रहेका सांसद भट्टराईले नेपालमा अब कुनै विद्रोह नचाहिने पनि बताए । उनले भने, ‘नेपालका अब कुनै विद्रोह आवश्यक छैन । अब क्रान्ति गर्छु, विद्रोह गर्छु, आन्दोलनमा जान्छु भन्ने कुरा इमोशनल ब्ल्याकमेलिङ हो, त्यसको कुनै अर्थ छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...