कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला : सुजाता



 

 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले देश एमालेले हाँकिरहेको र कांग्रेस स्याडोमा परेको बताएकी छन् । ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै उनले अहिलेका सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको टिप्पणी गरिन् । सुजाता गिरिजाकी पुत्री हुन् । आफू एउटा कुरामात्रै भन्ने भन्दै उनले देउवाले कांग्रेस हाँक्न नसक्ने निचोड सुनाइन् । उनले अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला हुने घोषणा गर्दै आफ्नो पूर्ण समर्थन हुने बताइन् ।

उनको भनाइ जस्ताको तस्तै :

म धेरै लामो बोल्दिनँ एउटै कुरा भन्न चाहन्छु : प्रजातन्त्र कमजोर भएको अवस्था छ । आज यो देश कांग्रेसले होइन एमालेले हाँकिरहेको छ । ओलीजीले नेतृत्व लिएर देश हाँकिरहनुभएको छ । नेपाली कांग्रेस स्याडोमा परेको छ । शेरबहादुरजी उहाँको कुने विचार छैन, उहाँ काम नै गर्नु हुन्न । उहाँ दिनभरि के गर्नुहुन्छ भगवान् जानुन् । उहाँले कांग्रेस हाँक्न सकिरहनुभएको छैन । त्यसैले मैले निर्णय गरेँ(अब हुने सभापति शेखर कोइराला हो, शेखर कोइरालाई मेरो सपोर्ट हुने हो । पोलिटिक्स बिग्रियो, प्रजातन्त्र बिग्रियो भने हाम्रो देश पनि बिग्रिन्छ । प्रजातन्त्र उहाँहरूलाई मात्र छ । प्रजातन्त्र खोजेर जागिर खोजेर आज हजारौं युवा बाहिरिरहेका छन् । यो अवस्थामा नेपाली कांग्रेसलाई पुर्‍याउनेहरूलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन । नेपाली कांग्रेसबाट कोही पनि प्रधानमन्त्री बन्छ भने शेखर कोइराला प्रधानमन्त्री बन्नुपर्छ त्यसमा मेरो पूरा सहमति र समर्थन रहनेछ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : ३१  बजे

प्रतिक्रिया दिनुहोस
एमालेको सचिवालय बैठकमा विधान संशोधनबारे छलफल

    नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । विधान महाधिवेशनको तयारीका

बिहानबाटै पशुपतिनाथमा भक्तजनको भिड

    श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको

सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका