कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला : सुजाता



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले देश एमालेले हाँकिरहेको र कांग्रेस स्याडोमा परेको बताएकी छन् । ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै उनले अहिलेका सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको टिप्पणी गरिन् । सुजाता गिरिजाकी पुत्री हुन् । आफू एउटा कुरामात्रै भन्ने भन्दै उनले देउवाले कांग्रेस हाँक्न नसक्ने निचोड सुनाइन् । उनले अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला हुने घोषणा गर्दै आफ्नो पूर्ण समर्थन हुने बताइन् ।

उनको भनाइ जस्ताको तस्तै :

म धेरै लामो बोल्दिनँ एउटै कुरा भन्न चाहन्छु : प्रजातन्त्र कमजोर भएको अवस्था छ । आज यो देश कांग्रेसले होइन एमालेले हाँकिरहेको छ । ओलीजीले नेतृत्व लिएर देश हाँकिरहनुभएको छ । नेपाली कांग्रेस स्याडोमा परेको छ । शेरबहादुरजी उहाँको कुने विचार छैन, उहाँ काम नै गर्नु हुन्न । उहाँ दिनभरि के गर्नुहुन्छ भगवान् जानुन् । उहाँले कांग्रेस हाँक्न सकिरहनुभएको छैन । त्यसैले मैले निर्णय गरेँ(अब हुने सभापति शेखर कोइराला हो, शेखर कोइरालाई मेरो सपोर्ट हुने हो । पोलिटिक्स बिग्रियो, प्रजातन्त्र बिग्रियो भने हाम्रो देश पनि बिग्रिन्छ । प्रजातन्त्र उहाँहरूलाई मात्र छ । प्रजातन्त्र खोजेर जागिर खोजेर आज हजारौं युवा बाहिरिरहेका छन् । यो अवस्थामा नेपाली कांग्रेसलाई पुर्‍याउनेहरूलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन । नेपाली कांग्रेसबाट कोही पनि प्रधानमन्त्री बन्छ भने शेखर कोइराला प्रधानमन्त्री बन्नुपर्छ त्यसमा मेरो पूरा सहमति र समर्थन रहनेछ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...