केवलकार विरोधी समूहद्वारा नयाँ चरणको आन्दोलन घोषणा



हाम्रो इकोनोमि

 

 

 ताप्लेजुङको पाथिभारामा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहले नयाँ चरणको आन्दोलन घोषणा गरेको छ । माघ २७ गते बेलुकीसम्म उच्च स्तरीय वार्ता समिति गठन गर्न अल्टिमेटम दिइएकोमा सरकार त्यसमा गम्भीर नदेखिएको आरोप आन्दोलनकारीहरुको छ । सरकार र आन्दोलनकारीबीच दुई चरणमा वार्ता भए पनि विनास्किर्ष टुंगिएको थियो । आन्दोलनकारी समूहले संघीय गृहमन्त्री नै वार्ता गर्न आउनुपर्ने अड्डी लिएका छन् ।

आन्दोलनकारी समूहबाट आज जारी विज्ञप्तिमा सरकार आफ्नो प्रतिवद्धताप्रति इमान्दार नभएको, वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको तथा निर्णायक वार्ता समिति बनाउन पनि अनिच्छुक देखिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्णायक उच्चस्तरीय वार्ता समिति नबनाई अल्मलाउने, थकाउने र लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएर जसरी पनि केबलकार बनाउने मुडमा सरकार रहेको देखिएको हुँदा सडकमा जान वाध्य भएका छौं ।’

विज्ञप्तिमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्मका लागि ७ वटा आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । आइएमइ समूह बहिष्कार गर्नेदेखि फुङलिङ नगरपालिका घेराउसम्मका कार्यक्रम राखिएका छन् । अनिश्चितकालीन यातायात बन्द र आमहड्तालको समेत घोषणा गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...