केवलकार विरोधी समूहद्वारा नयाँ चरणको आन्दोलन घोषणा



हाम्रो इकोनोमि

 

 

 ताप्लेजुङको पाथिभारामा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहले नयाँ चरणको आन्दोलन घोषणा गरेको छ । माघ २७ गते बेलुकीसम्म उच्च स्तरीय वार्ता समिति गठन गर्न अल्टिमेटम दिइएकोमा सरकार त्यसमा गम्भीर नदेखिएको आरोप आन्दोलनकारीहरुको छ । सरकार र आन्दोलनकारीबीच दुई चरणमा वार्ता भए पनि विनास्किर्ष टुंगिएको थियो । आन्दोलनकारी समूहले संघीय गृहमन्त्री नै वार्ता गर्न आउनुपर्ने अड्डी लिएका छन् ।

आन्दोलनकारी समूहबाट आज जारी विज्ञप्तिमा सरकार आफ्नो प्रतिवद्धताप्रति इमान्दार नभएको, वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको तथा निर्णायक वार्ता समिति बनाउन पनि अनिच्छुक देखिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्णायक उच्चस्तरीय वार्ता समिति नबनाई अल्मलाउने, थकाउने र लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएर जसरी पनि केबलकार बनाउने मुडमा सरकार रहेको देखिएको हुँदा सडकमा जान वाध्य भएका छौं ।’

विज्ञप्तिमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्मका लागि ७ वटा आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । आइएमइ समूह बहिष्कार गर्नेदेखि फुङलिङ नगरपालिका घेराउसम्मका कार्यक्रम राखिएका छन् । अनिश्चितकालीन यातायात बन्द र आमहड्तालको समेत घोषणा गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...