सरकारसँग ‘नो केबलकार’ समूहको वार्ता भाँडियो



 

 

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच आज आज भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आन्दोलनरत पक्षले राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएपछि आज भएको वार्ता बिना निष्कर्ष सकिएको हो । सरकारले नो केबलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

यसअघि भएको वार्तामा भएका सहमति समेत कार्यान्वयन नभएकाले उच्च स्तरीय राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने माग सम्बोधन नभएपछि वार्ता बिना निष्कर्ष सकिएको वार्ता सहजीकरण समितिका संयोजक अमर तुम्याहाङले जानकारी दिए । अघिल्लो आइतबार अबेर राति सम्म भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि सोमबार ११ बजेबाट वार्ता भएको थियो । सरकारले वार्ता टोली गठन गरेपछि नो केबलकार समूहले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।

यसअघिको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिनाशर्त छाड्ने सहमति गरेको थियो । तर सहमति विपरीत धरौटीमा तारिखमा छाडिएको आन्दोलनरत पक्षले जनाएको छ । पाथीभरा क्षेत्रमा केवल कार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न सङ्घीय सरकारले एक साता अघि गृह मन्त्रालयका सह सचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीले आन्दोलनरत पक्षलाई औपचारिक वार्ताकालागि आव्हान गरेसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो