सरकारसँग ‘नो केबलकार’ समूहको वार्ता भाँडियो



हाम्रो इकोनोमि

 

 

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच आज आज भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आन्दोलनरत पक्षले राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएपछि आज भएको वार्ता बिना निष्कर्ष सकिएको हो । सरकारले नो केबलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

यसअघि भएको वार्तामा भएका सहमति समेत कार्यान्वयन नभएकाले उच्च स्तरीय राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने माग सम्बोधन नभएपछि वार्ता बिना निष्कर्ष सकिएको वार्ता सहजीकरण समितिका संयोजक अमर तुम्याहाङले जानकारी दिए । अघिल्लो आइतबार अबेर राति सम्म भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि सोमबार ११ बजेबाट वार्ता भएको थियो । सरकारले वार्ता टोली गठन गरेपछि नो केबलकार समूहले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।

यसअघिको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिनाशर्त छाड्ने सहमति गरेको थियो । तर सहमति विपरीत धरौटीमा तारिखमा छाडिएको आन्दोलनरत पक्षले जनाएको छ । पाथीभरा क्षेत्रमा केवल कार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न सङ्घीय सरकारले एक साता अघि गृह मन्त्रालयका सह सचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीले आन्दोलनरत पक्षलाई औपचारिक वार्ताकालागि आव्हान गरेसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...