वर्षमान पुनसँग कुराकानी गर्न सचेत हुनुपर्ने देखियो : शंकर पोखरेल



 

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग भएको फोन वार्तालाई पुनले ‘याचना’को रूपमा प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले दुई नेताबीच भएको शिष्टाचारपूर्ण कुराकानीलाई पुनले ‘याचना’ को रूपमा प्रचार गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘नेताहरुका बीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो ।’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलका अनुसार पार्टीको जिम्मेवार नेताले विभिन्न सवालमा आवश्यकता अनुसार विभिन्न व्यक्ति र पक्षसँग अनौपचारिक कुराकानी गर्ने गर्छन् । तर यस्ता अनौपचारिक कुराकानी सार्वजनिक गर्नु उचित नहुने उनको भनाइ छ ।

‘पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रुपमा कुरा गर्दछ । अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन । महासचिव पोखरेलले भने, ‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुने कुरा हो । जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । मसँग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ । तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिन ।’

महासचिव पोखरेलले सहयोग वा याचना गर्नुपरेको भए माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै गरिने स्पष्ट पारेका छन् । उनले संक्रमणकालीन न्यायको विषयमा पनि यस्तै प्रक्रिया अपनाइएको उल्लेख गरेका छन् । ‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तो संक्रमण कालिन न्यायको विषयमा ।’ महासचिव पोखरेलको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको