वर्षमान पुनसँग कुराकानी गर्न सचेत हुनुपर्ने देखियो : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग भएको फोन वार्तालाई पुनले ‘याचना’को रूपमा प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले दुई नेताबीच भएको शिष्टाचारपूर्ण कुराकानीलाई पुनले ‘याचना’ को रूपमा प्रचार गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘नेताहरुका बीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो ।’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलका अनुसार पार्टीको जिम्मेवार नेताले विभिन्न सवालमा आवश्यकता अनुसार विभिन्न व्यक्ति र पक्षसँग अनौपचारिक कुराकानी गर्ने गर्छन् । तर यस्ता अनौपचारिक कुराकानी सार्वजनिक गर्नु उचित नहुने उनको भनाइ छ ।

‘पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रुपमा कुरा गर्दछ । अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन । महासचिव पोखरेलले भने, ‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुने कुरा हो । जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । मसँग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ । तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिन ।’

महासचिव पोखरेलले सहयोग वा याचना गर्नुपरेको भए माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै गरिने स्पष्ट पारेका छन् । उनले संक्रमणकालीन न्यायको विषयमा पनि यस्तै प्रक्रिया अपनाइएको उल्लेख गरेका छन् । ‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तो संक्रमण कालिन न्यायको विषयमा ।’ महासचिव पोखरेलको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...