दिल्ली चुनावमा आम आदमी पार्टीको पत्तासाफ



हाम्रो इकोनोमि

 

 

 दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ ।

मतपरिणाम अन्ति चरणमा आइपुग्दा आम आदमी पार्टीलाई ठूलो धक्का लाग्ने लगभग पक्का भएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । नयाँ दिल्ली विधानसभाको चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि भाजपा उम्मेदवार प्रवेश वर्माले पछि पारेका छन् । भारती समाचार संस्थाहरुका अनुसार आपका अन्य प्रमुख नेताहरू पनि पछि परिरहेका छन् । सौरभ भारद्वाज, सोमनाथ भारती, र सत्येन्द्र जैन आफ्ना-आफ्ना क्षेत्रमा भाजपा उम्मेदवारहरूभन्दा पछि छन् । जनकपुरा सीटबाट आप उम्मेदवार मनीष सिसोदियाले र पटपड़गंज सीटबाट उम्मेदवार अवध ओझाले आफ्नो हार स्वीकार गरेका छन् । अवध ओझाले भने, ‘जनताले सम्मान दिए, र म दोस्रो स्थानमा छु। पहिलो पटक राजनीतिक यात्रा सुरु गरेँ, र यस उपलब्धिबाट म खुसी छु।’

भाजपाका रविन्दर सिंह नेगीले जंगपुरा सीटमा जित हासिल गरिसकेका छन् । आम आदमी पार्टीले पूर्वउपमुख्यमन्त्री तथा पटपड़गंज सीटका वर्तमान विधायक मनीष सिसोदियालाई जंगपुराबाट उम्मेदवार बनाएको थियो । सिसोदियाले जंगपुरा सीटमा पराजय स्वीकार गरिसकेका छन् । आम आदमी पार्टीकी उम्मेदवार आतिशीले भने भाजपाका रमेश बिधूडीमाथि अग्रता हासिल गरिरहेकी छन्। तर, ग्रेटर कैलाश सीटमा आपका सौरभ भारद्वाज पछि परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...