प्रचण्ड भरपर्दो नेता होइनन् : घनश्याम
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरपर्दो शक्ति नभएको बताएका छन् । पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै माओवादी कुनै सिद्धान्तमा नचलेको बताए ।
उनले भने, ‘सिद्धान्तमा चल्यो भने तीन चोटी प्रधानमन्त्री भइसके, उनले आफ्नो पार्टीको नाम माओवादी राख्दैनथ्यो। अब चार चोटी प्रधानमन्त्री हुन कस्सिरहेका छन्, चार चोटी भए पाँच चोटी हुन कसिन्छन् । पाँच चोटी भए देउवाजीजस्तै ६ चोटी हुन । अहिले उहाँहरुको पछिल्लो रिलेसन हेर्नुस् कोको सँग छ । उहाँले जसरी रविको मामलामा देखिनुभएको छ। रविमाथि सत्ताले बड्ता नगरोस् त्यो एउटा कुरा हो । तर, सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने भुलेर यदि भविष्यमा चितवनको टिकटको लागि मात्रै राजनीति गरेको हो भने त कम्युनिष्ट आन्दोलनमाथि ठूलो घात हुनेछ । वा के हो हेर्नुस्, किन हुँदैछ? हिजो समाजवादी मोर्चा चाहिएको थिएन, आज चाहिएको छ, भोलि के हुन्छ थाहा छ तपाईंहरुलाई नै । उनले प्रचण्डको चञ्चलतालाई मात्रै हेरेर निर्णय गरेर फेरि कमीकमजोरी हुने भएकाले सचेत हुनुपर्ने बताए ।