प्रचण्ड भरपर्दो नेता होइनन् : घनश्याम



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरपर्दो शक्ति नभएको बताएका छन् । पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै माओवादी कुनै सिद्धान्तमा नचलेको बताए ।

उनले भने, ‘सिद्धान्तमा चल्यो भने तीन चोटी प्रधानमन्त्री भइसके, उनले आफ्नो पार्टीको नाम माओवादी राख्दैनथ्यो। अब चार चोटी प्रधानमन्त्री हुन कस्सिरहेका छन्, चार चोटी भए पाँच चोटी हुन कसिन्छन् । पाँच चोटी भए देउवाजीजस्तै ६ चोटी हुन । अहिले उहाँहरुको पछिल्लो रिलेसन हेर्नुस् कोको सँग छ । उहाँले जसरी रविको मामलामा देखिनुभएको छ। रविमाथि सत्ताले बड्ता नगरोस् त्यो एउटा कुरा हो । तर, सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने भुलेर यदि भविष्यमा चितवनको टिकटको लागि मात्रै राजनीति गरेको हो भने त कम्युनिष्ट आन्दोलनमाथि ठूलो घात हुनेछ । वा के हो हेर्नुस्, किन हुँदैछ? हिजो समाजवादी मोर्चा चाहिएको थिएन, आज चाहिएको छ, भोलि के हुन्छ थाहा छ तपाईंहरुलाई नै । उनले प्रचण्डको चञ्चलतालाई मात्रै हेरेर निर्णय गरेर फेरि कमीकमजोरी हुने भएकाले सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...