चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर



हाम्रो इकोनोमि

 

माननीय कृषिमन्त्री श्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरियो । उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष श्री किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख श्री सांग्रीला श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभयो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ुविश्वास लिन्छौं, विश्वास दिन्छौु भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड(२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...