मीन विश्वकर्माविरूद्ध अख्तियारमा हर्क साम्पाङको उजुरी



हाम्रो इकोनोमि

 

 

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कांग्रेस नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । धरान खानेपानी योजनामा २४ करोड रुपैयाँको अनियमितता भएको आरोप लगाउँदै साम्पाङले विश्वकर्मामाथि छानबिनको माग गरेका हुन् । विश्वकर्माले एक टेलिभिजन अन्तर्वार्तामा धरान खानेपानी योजनाबारे गरेको टिप्पणीको विषयलाई लिएर साम्पाङले अख्तियारमा उजुरी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरीको जानकारी दिँदै साम्पाङले लेखेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ । २४ करोडको हिनामिना देखिन्छ यहाँ । साम्पाङले यस विषयमा छानबिन गर्न अख्तियारलाई दबाब दिन सबैलाई आग्रह पनि गरेका छन् ।

 

 

facebook sharing button

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...