रविको सांसद पद निलम्बन फुकुवा गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको रवैयालाई संसदले समर्थन जनाएको आशंका व्यक्त गरे ।
उनले भने, ‘उहाँमा सरकारले त प्रतिशोध साध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ । चौथो ठूलो दलको सभापतिमाथि सरकारको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै चुकाउनुपर्नेछ । झूटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत सबैले बुझिसकेका छन् । सरकारको रबैयालाई संसदले समर्थन नगरोस् । प्रतिनिधिसभाको नियमावलीअनुसार थुनामा नरहेको बेलामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै तत्काल निलम्बन फुकुवा गर्न उनले माग गरे ।