प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने रणनीतिमा देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १५ औं महाधिवेशनपछि पार्टी नेतृत्वबाट बिदा हुँदैछन् । विधानअनुसार दुई पटकभन्दा बढी नेतृत्व गर्न नपाउने व्यवस्था भएकाले उनकाे बहिर्गमन वाध्यात्मक बनेकाे हाे । तर, कांग्रेस १५ औं महाधिवेशन र नेतृत्वबारे मौन छ । इतर पक्षका नेता डा. शेखर कोइराला महाधिवेशन निर्धारित समयमै गराउन पार्टी नेतृत्वलाई दबाब बढाउने रणनीतिसाथ अहिले देश दौडाहमा छन् । नियमित समयमा महाधिवेशन गर्दा ०८२ मंसिरभित्र भइसक्नुपर्छ । तर, पार्टीको विधानअनुसार थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान छ । त्यसमा संविधानलाई टेकेर ६ महिना पर धकेल्नसक्ने सुविधा देउवालाई छ ।

देउवाले महाधिवेशनबारे मुख खोलिसकेका छैनन् । उनीनिकटका नेताहरूले भने आगामी महाधिवेशन ०८४ को चुनावपछि मात्रै गर्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् । देउवाको उत्तराधिकारी बन्ने दौडमा रहेका डा. शशांक कोइराला, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काले सार्वजनिकरूपमै आगामी निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । कोइरालाले पुस १६ गते चितवन पुगेर भनेका थिए, ‘०८४ मा आमनिर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’ देउवाको आशय पनि त्यही बुझेको उनको भनाइ थियो ।

२८ गते दाङमा पनि उनले सभापति देउवाले चुनावी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि मात्रै महाधिवेशन गर्दा उपयुक्त हुने दोहोर्‍याए । चुनावको मुखमा महाधिवेशन गर्दा तिक्तता पैदा भई पार्टीले क्षति व्यहोर्नपर्ने उनको बुझाइ छ ।देउवानिकट नेताहरूबाटै एकपछि अर्को यस्तो अभिव्यक्ति आएपछि शेखर पक्ष भने झस्किएको छ । पार्टीमा महाधिवेशन चुनाव अघि कि पछि भन्ने बहस चलिरहेको बेलामा महामन्त्री गगन थापाले महाधिवेशन निर्धारित समयमै हुने दाबी गरे ।

उनको भनाइ थियो, ‘०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ । तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन । एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले निर्वाचनअघि महाधिवेशन गर्दा त्यसकोे तुष पर्नसक्ने भएकाले केही नेताहरूले बोल्न थालेको बताए । उनले भने, ‘०८४ को चुनावअघि गर्दा त्यसको आग्रह, पूर्वाग्रहको तुष निर्वाचनमा पर्नसक्छ त्यसैले चुनावपछि मात्रै गर्दा राम्रो हुन्थ्यो भन्ने कुरा केही नेताहरुले राख्नुभएको हो । तर त्यो लाइनमा पार्टी अघि बढेको छैन । उनले पार्टी सभापतिको ०८३ मंसिरसम्मा महाधिवेशन गराउने आशय बुझेको बताए । देउवा निकट रहेका नेता विश्वकर्माको यो अभिव्यक्तिबाट प्रष्ट हुन्छ, प्रधानमन्त्री बनेपछि मात्रै महाधिवेशन गर्ने मूडमा छन् । एमालेसँग भएको सात बुँदे सहमतिअनुसार देउवा ०८३ असारमा प्रधानमन्त्री बन्दैछन् । उनले थपे, ‘सभापतिले चार वर्षमा महाधिवेशन भ्याइँदैन पाँच वर्षसम्म उता नलाने भन्ने छ । ०८४ मा चुनाव हुँदैछ, त्यसैले ०८३ मंसिरसम्ममा गर्दा भइहाल्छ नि भन्ने उहाँको कुरा छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...