प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने रणनीतिमा देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १५ औं महाधिवेशनपछि पार्टी नेतृत्वबाट बिदा हुँदैछन् । विधानअनुसार दुई पटकभन्दा बढी नेतृत्व गर्न नपाउने व्यवस्था भएकाले उनकाे बहिर्गमन वाध्यात्मक बनेकाे हाे । तर, कांग्रेस १५ औं महाधिवेशन र नेतृत्वबारे मौन छ । इतर पक्षका नेता डा. शेखर कोइराला महाधिवेशन निर्धारित समयमै गराउन पार्टी नेतृत्वलाई दबाब बढाउने रणनीतिसाथ अहिले देश दौडाहमा छन् । नियमित समयमा महाधिवेशन गर्दा ०८२ मंसिरभित्र भइसक्नुपर्छ । तर, पार्टीको विधानअनुसार थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान छ । त्यसमा संविधानलाई टेकेर ६ महिना पर धकेल्नसक्ने सुविधा देउवालाई छ ।

देउवाले महाधिवेशनबारे मुख खोलिसकेका छैनन् । उनीनिकटका नेताहरूले भने आगामी महाधिवेशन ०८४ को चुनावपछि मात्रै गर्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् । देउवाको उत्तराधिकारी बन्ने दौडमा रहेका डा. शशांक कोइराला, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काले सार्वजनिकरूपमै आगामी निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । कोइरालाले पुस १६ गते चितवन पुगेर भनेका थिए, ‘०८४ मा आमनिर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’ देउवाको आशय पनि त्यही बुझेको उनको भनाइ थियो ।

२८ गते दाङमा पनि उनले सभापति देउवाले चुनावी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि मात्रै महाधिवेशन गर्दा उपयुक्त हुने दोहोर्‍याए । चुनावको मुखमा महाधिवेशन गर्दा तिक्तता पैदा भई पार्टीले क्षति व्यहोर्नपर्ने उनको बुझाइ छ ।देउवानिकट नेताहरूबाटै एकपछि अर्को यस्तो अभिव्यक्ति आएपछि शेखर पक्ष भने झस्किएको छ । पार्टीमा महाधिवेशन चुनाव अघि कि पछि भन्ने बहस चलिरहेको बेलामा महामन्त्री गगन थापाले महाधिवेशन निर्धारित समयमै हुने दाबी गरे ।

उनको भनाइ थियो, ‘०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ । तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन । एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले निर्वाचनअघि महाधिवेशन गर्दा त्यसकोे तुष पर्नसक्ने भएकाले केही नेताहरूले बोल्न थालेको बताए । उनले भने, ‘०८४ को चुनावअघि गर्दा त्यसको आग्रह, पूर्वाग्रहको तुष निर्वाचनमा पर्नसक्छ त्यसैले चुनावपछि मात्रै गर्दा राम्रो हुन्थ्यो भन्ने कुरा केही नेताहरुले राख्नुभएको हो । तर त्यो लाइनमा पार्टी अघि बढेको छैन । उनले पार्टी सभापतिको ०८३ मंसिरसम्मा महाधिवेशन गराउने आशय बुझेको बताए । देउवा निकट रहेका नेता विश्वकर्माको यो अभिव्यक्तिबाट प्रष्ट हुन्छ, प्रधानमन्त्री बनेपछि मात्रै महाधिवेशन गर्ने मूडमा छन् । एमालेसँग भएको सात बुँदे सहमतिअनुसार देउवा ०८३ असारमा प्रधानमन्त्री बन्दैछन् । उनले थपे, ‘सभापतिले चार वर्षमा महाधिवेशन भ्याइँदैन पाँच वर्षसम्म उता नलाने भन्ने छ । ०८४ मा चुनाव हुँदैछ, त्यसैले ०८३ मंसिरसम्ममा गर्दा भइहाल्छ नि भन्ने उहाँको कुरा छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...