बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड



हाम्रो इकोनोमि

 

 

सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्ततः आशिका तामाङको पक्षमा उभिएका छन् । प्रतिनिधिसभाको विहीबारको बैठकमा सम्बोधन गर्ने क्रममा प्रमुख विपक्षी दलका नेता प्रचण्डले रवि लामिछानेलाई जनताको संज्ञा दिए ।

प्रचण्डले सम्झाइ बुझाइ गरेर टुंगो लगाउन सकिने विषयलाई मुद्दा चलाएर जिल्ला जिल्लामा बयानका लागि घुमाउने तरिकाले जनताप्रति सरकारको रवैया प्रष्ट भएको प्रचण्डले बताए । त्यस्तै बालेनको टिसर्ट लगाएर दरवारमार्गमा प्रधानमन्त्रीलाई हुटिङ गर्ने युवकलाई पक्राउ गरिएकोमा समेत प्रचण्डले आपत्ति जनाए । उनले सार्वजनिक सेवा प्रवाहमा असन्तुष्टि जनाएर अभियान चलाउने अभिन्यता भन्दै आशिका तामाङको पक्राउप्रति पनि प्रचण्डले आपत्ति जनाएका छन् ।

प्रचण्डले भने, ‘राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य भएको छ । सामान्य सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर नागरिकलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाउने र कडा कडा मुद्दा लगाइँदैछ । टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईँहरूले नागरिकलाई नियन्त्रणमा लिनुभएको छ । सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई पनि थुन्नुभयो, मुद्दा चलाउनुभयो ।’

प्रचण्डले रविको पक्षमा संसदमा पटकपटक बोलेनन्मात्र रविमाथि राजनीतिक प्रतिशोध लिइएको बताए । उनले रास्वपाले पाएको २१ सीट कांग्रेस र एमालेको निगाहमा नआएको भन्दै रवि सहकारी ठगीमा कतै नजोडिएको दाबी गरे । रवि र बालेन अनि आशिका तामाङहरुको पक्षमा बोलेका प्रचण्डले यस्तै अभियानबाट उदाएका धरानका मेयर हर्क साम्पाङबारे भने केही पनि बोलेनन् । जबकी उनी पनि रित्तो गाग्री बोकेर पानी माग्दै सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रचण्डले हर्क साम्पाङ सिंहदरबार आएर गेटमा भएको लफडाबारे भने उनले केही बोलेनन् । धरानमा माओवादीकै उपमेयर अइन्द्र बेघासँग हर्कको लफडा परिरहेकाले प्रचण्ड उनको बारे मौन बसेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएकै बेला बालुवाटारमा तत्कालीन कांग्रेस माओवादी गठबन्धनसहितका शीर्ष नेताको बैठकले महानगरको मेयर बालेन शाहलाई थुन्नेबारे छलफल गरे पनि सीके राउत र शेरवहादुर देउवाले नमानेको बताइएको थियो । बालेनले त्यसबेला श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको आक्रोशमा सिंहदरवार जलाउने धम्की दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...