पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त



हाम्रो इकोनोमि

 

पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गुरुङलाई आजदेखि लागू हुने गरी पदमुक्त गरेको जनाएको छ । गुरुङको ठाँउमा नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको जनाइएको छ । वित्तीय सूचक कमजोर भएको फाइनान्स यतिबेला प्राप्ति-समाहित, गाभ्ने वा गाभिन तर्फ लागेको छ । फाइनान्सले स्वतन्त्र सञ्चालक तिल बहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतिक गुरुङ रहेका छन् । मर्जरको प्रकृया करिब अन्तिम चरणमा रहेको जनाएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म पोखरा फाइनान्सको प्राथमिक पुँजीकोष अनुपात (टियर वान ३.१७) प्रतिशत ऋणात्मक छ । पुस मसान्तसम्म ६३ करोड ७९ लाख ६४ हजार रुपैयाँ ऋणात्मक छ । फाइनान्सको खुद ब्याज आम्दानी १४ करोड ३० लाख ८० हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालक नाफा ९५ करोड ७९ लाख २२ हजार रुपैयाँ ऋणात्मक छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब ५५ करोड २० लाख ९४ हजार रुपैयाँ ऋणात्मक छ ।

फाइनान्सको रिटेर्न अर्निङ १ अर्ब ५५ करोड २० लाख ९४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा ४६ करोड ८८ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । १ अर्ब ८ करोड २५ लाख ५६हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १ अर्ब ५ करोड ३७ लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही २०७४ अनुसार पुँजीकोष ७५ प्रतिशतभन्दा कम भएमा समस्याग्रस्त घोषणा गर्न सकिने व्यवस्था छ । टियर १ ऋणात्मक हुँदा नेपाल राष्ट्र बैंक ऐन दफा ८६ अनुसार कारबाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...