कमलपोखरीमा आगलागी हुँदा ११ जना घाइते



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिका-३० कमलपोखरीस्थित बिहीबार बिहान  शान्दार म:म रहेको भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन्। ८:५० बजे आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी बोहरलाले जानकारी दिए। उनका अनुसार बिहान कामदारहरूले ग्यास सिलिन्डर सार्ने क्रममा अकास्मात् आगलागी भएको थियो। सिलिण्डर सार्ने क्रममा ग्यास लिकेज भएपछि आगलागी भएको एसपी बोहराले बताएका छन्।  घाइतेहरूमा उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरका २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय  आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ, उदयपुरका २४ वर्षीय सन्जोग मगर, उदयपुरका २५ वर्षीय नविन मगर, हेटौडाका १८ वर्षीय सुविन राई, उदयपुरका २० वर्षीय यसकुमार घले र १९ वर्षीय बिरस मगर छन्। आगलागी पूर्ण नियन्त्रणमा आइसकेको र क्षतिको विवरण संकलन भइरहेको एसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...